Rumpum Advertisement
Dazzu

नेपाल र बंगलादेशबीचको खेल दर्शकसहितको रंगशालामा

नेपाल र बंगलादेशबीचको खेल दर्शकसहितको रंगशालामा

काठमाडौं, २६ कात्तिक । आगामी शुक्रबार हुने नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल दर्शकसहितको रंगशालामा हुने भएको छ ।

बंगलादेश फुटबल फेडेरेशन (बीएफएफ) ले नेपालसँगको दुवै मैत्रीपूर्ण खेलमा दर्शकलाई मैदान प्रवेश गर्ने अनुमति दिएको हो ।

बीएफएफले फिफा र एएफसीको नियममा रहेर दर्शकलाई मैदान प्रवेश गराउन लागेको जनाएको छ । यद्यपि, उसले मैदानमा कति संख्यामा दर्शक प्रवेश गराउने भन्ने जानकारी दिएको छैन ।

बीएफएफले खेलको टिकट मूल्य समेत तोकेको छ । उसले भीआईपी प्यारापिटतर्फ ५०० टाका र सामान्यतर्फ एक सय टाका तोकेको छ ।

नेपाली टोली दुई मैत्रीपूर्ण खेलका लागि गत बिहीबार बंगलादेशको ढाका पुगेको छ । करिब नौ महिनापछि फर्किन लागेको फुटबल खेलअन्तर्गत नेपालले शुक्रबार पहिलो खेल खेल्न लागेको हो ।

यस्तै नेपालले दोस्रो मैत्रीपूर्ण खेल भने तिहारको भोलिपल्ट अर्थात् मंसिर २ गते खेल्नेछ । दुवै खेल बंगबन्धु रंगशालामा नेपाली समयअनुसार दिउँसो ५ः१५ बजे हुनेछ ।