Rumpum Advertisement
Dazzu

‘जिन्दावाद’बाट निर्देशनमा फर्कदै निश्चल

‘जिन्दावाद’बाट निर्देशनमा फर्कदै निश्चल

विराटनगर, २६ कात्तिक । ‘लुट’ फिल्मबाट नेपाली फिल्म क्षेत्रलाई अर्कै बाटोमा मोड्न सफल भएका निर्देशक हुन् निश्चल बस्नेत ।

गएको तीन वर्षअगाडि उनले ‘लुट’को सिक्वल ‘लुट २’ निर्देशन गरेका थिए । फिल्मले राम्रै व्यापार गर्न सके पनि फिल्मले राम्रो प्रतिक्रिया भने पाउन सकेन । फिल्मको कथावाचनमा चुकेको उनलाई आरोप लाग्यो । उक्त आरोपलाई उनले स्वीकार पनि गरे । अहिले निश्चल फिल्म निर्देशनबाट टाढा रहेर अभिनय तथा म्युजिक भिडियोतर्फ व्यस्त हुन थालेका छन् ।

तीन वर्षदेखि निश्चलले कुनै पनि फिल्मको निर्देशन गरेका छैनन् । ‘लुट २’ पछि उनले नयाँ फिल्म निर्देशन गर्ने आँट जुटाउन सकिरहेका थिएनन् । तर, निश्चल अब फिल्म ‘जिन्दावाद’बाट निर्देशनमा फर्कने भएका छन् । ‘जिन्दावाद’लाई लेखक बुद्धिसागरले लेखेका हुन् ।

‘कर्णाली ब्लूज’ र ‘फिरफिरे’का लेखक बुद्धिसागरले लेखेको ‘जिन्दावाद’ कथा आफूले खोजेजस्तै रहेको भन्दै निश्चल फिल्म बनाउन निकै उत्साहित छन् ।