Rumpum Advertisement
Dazzu

कोरोनालाई सामान्य ठानेर गल्ती नगरौँ : मिलन चाम्स

कोरोनालाई सामान्य ठानेर गल्ती नगरौँ : मिलन चाम्स

विराटनगर, २६ कात्तिक । नेपाली फिल्म निर्देशक मिलन चाम्सले कोरोना भाइरसको संक्रमणलाई सामान्य नठान्न आग्रह गरेका छन् ।

चाम्सले आफूलाई कोरोना पुष्टि नभएसम्म कोरोनालाई सामान्य नै सोचे पनि कोरोनालाई सामान्य ठानेर गल्ती नगर्न सुझाव दिएका छन् । कोरोना लागिसकेपछि मात्र यसले गाह्रो पार्न सक्ने थाहा हुने उनको भनाइ छ । आफूलाई कोरोना पुष्टि भएको एक सातासम्म निकै गाह्रो भए पनि अहिले विस्तारै लक्षण हराउँदै गएको उनले बताएका छन् ।

खोकी, स्वाद र गन्ध हराउने, टाउको दुख्ने लक्षण देखिएको पनि उनलाई ज्वरो भने आएन । डाक्टरसँग निरन्तर सम्पर्कमा रहेर उनले केही औषधिको पनि सेवन गरेका छन् ।

चाम्सलाई कोरोना संक्रमण पुष्टि भएको दुई साताभन्दा बढी भएको छ । उनले संक्रमण पुष्टि भइसकेपछि पनि दुईपटक पीसीआर टेष्ट गराइसकेका छन् । फेरि पनि रिपोर्ट पोजिटिभ नै आएपछि हाल उनी घरमै आइसोलेसनमा बसिरहेका छन् ।