Rumpum Advertisement
Dazzu

बलि प्रकरणका आरोपी खुलेआम

बलि प्रकरणका आरोपी खुलेआम

विराटनगर, २६ कात्तिक । मोटो रकम दिने आश्वासन दिएर युवतीलाई बलिका लागि भारत लाने गिरोहमध्येका नौ जना अहिले पनि प्रहरी नियन्त्रणभन्दा बाहिर रहेका छन् ।

ती गिरोहका नजिकका स्थानीयका अनुसार आरोपीहरू लुकिछिपी गाउँमै बस्दै आएक छन् । प्रहरीले भने सादा पोसाक र स्थानीय प्रहरीको साथ लिएर फरार आरोपितहरूको खोजी कार्यमा जुटिरहेको दाबी गरेको छ । नौ जना आरोपीविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा मुद्दा दर्ता भएको छ ।

भारतको भीमनगरमा पूजा छ भन्दै बलिका लागि युवती लिएर लैजादै गरेको अवस्थामा सुनसरी प्रहरीले सीमावर्ती नाका कोशी ब्यारेजबाट चार जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरू र पीडित युवतीको बयानबाट योजनामा अन्य पनि संलग्न रहेको खुलेको थियो ।

सुनसरी प्रहरीले असोज १४ गते सप्तरीको अग्निसाइबर कृष्णसवरण गाउँपालिका ४ का २९ वर्षीय साहिल मन्सुरी, सप्तरीको शम्भुनाथ नगरपालिका ७ की २२ वर्षीया सुचिनकला चौधरी, सिरहाको लहान नगरपालिका १९ का ३२ वर्षीय जीवछ साह र सप्तरी अग्निसाइबर कृष्णसवरण गाउँपालिका ५ का ३८ वर्षीय विजय विकलाई पक्राउ गरेको थियो । उनीहरूमध्ये तीन जनालाई युवती लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको थियो भने विकलाई केही दिनपछि पक्राउ गरिएको थियो।

विक योजनाकारमध्येका एक भएको प्रहरीको दाबी छ। उनीहरू सबै पुर्पक्षका लागि थुनामा गइसकेका छन् । यही घटनासँग जोडिएका अन्य नौ जना भने अझैसम्म फरार छन्। नाम नछाप्ने सर्तमा एक स्थानीयले आरोपितहरू दिनभरि लुक्ने र राति घरमा आउने गरेको बताए । आजको ब्लाष्ट टाइम्स दैनिकमा समाचार छ