Rumpum Advertisement
Dazzu

घरबेटीका कारण विराटनगरमा फुटपाथ नियन्त्रण भएन

घरबेटीका कारण विराटनगरमा फुटपाथ नियन्त्रण भएन

विराटनगर, २६ कात्तिक । विराटनगरको पुरानो गुद्री बजारभित्रका सडक किनारका घरबेटीका कारण फुटपाथको व्यापार नियन्त्रण हुन सकेको छैन।

घरबेटीले सड़क किनार र नालालाई दैनिक तीन पटक भाडामा लगाउने गरेकाले बजार अस्तब्यस्त रहने गरेको छ। कटहरी १ मा सरकारको ठूलो लगानीमा तरकारीको थोक बजार स्थापना भएपछि विराटनगर महानगरपालिकाले गरी भएको गुद्री ठाउँमा बहुउपयोगी व्यवसायिक भवन बनाउने योजना बनाएको थियो ।

तर सडक किनारलाई भाडा लगाउनेहरूका कारण महानगरको योजना विफल जस्तै देखिएको छ। यो समस्या हालसालै निजी क्षेत्रबाट सञ्चालनमा आएको अर्को तरकारी बजारमा पनि देखिएको छ । विहान उज्यालो नहुँदै तरकारी बिक्रेताले फुटपाथ तथा नाला माथिको स्ल्याबमा व्यापार राखिसकेका हुन्छन् ।

बिहान, दिउँसो र बेलुका गरेर दिनमा तीन पटक धरबेटीले व्यापारीसंग सडकको भाडा उठाउँछन्ु गुद्रीका एक स्थानीयले भने । दिनमा तीन पटक एक जना व्यापारी नभई फरकफरक व्यापारीले तरकारी बिक्रीका पसल थापेका हुन्छन् ।

बसपार्क पश्चिमको गुद्रीको सडकमा पनि बिहानै व्यापारीले तरकारी राख्ने गरेका छन्। बिहानको समयमा प्रहरीको भ्यान र एम्बलेन्सलाई पनि सडक पार गर्न समस्या हुने गरेको छ। नयाँ गुद्वीमा पनि पसले र घरबेटीले फुटपाथबाट भाडा उठाउन थालेको स्थानीयको भनाइ छ।

विराटनगर महानगर प्रहरी प्रमुख निरीक्षक राजन पौडेलका अनुसार, सडकको व्यापार आफूहरू पुग्दा मात्रै उठ्ने गरेको बताउँछन् । बिहान ८ बजे हाम्रो ड्युटी टोली पुग्दा उनीहरूले व्यापार उठाउँछन, हिंडेपछि पुनः राख्ने गरेको गुनासो आउँछ पौडेलले भने। किनारको तरकारी सड़क व्यापार व्यवस्थित गर्न जिल्ला प्रशासन कार्यालयमा पटकपटक बहुपक्षीय सहमति पनि भएको छ।

तरकारी थोक विक्रेता संघका अध्यक्ष पशुपति भगतका अनुसार नगरपालिका, व्यापारी, प्रहरीसहितको बैठकमा हुने गरेका सहमति कार्यान्वयनमा आउन सकेको छैन । घरवेटीहरूले रकम लिने भएकाले व्यापारीले फुटपाथमा तरकारी राख्ने गरेको उनी बताउँछन् । आजको उद्घोष दैनिकमा समाचार छ

प्रतिक्रिया

  1. Foo fat ma baseko lai kehi na vaner ghar veti lai nai kanun ko dayra ma lyayo vane .matra kehi hun sakx.

Comments are closed.