Rumpum Advertisement
Dazzu

मेस्सी भएको बार्सिलोना उत्कृष्ट : कोइम्यान

मेस्सी भएको बार्सिलोना उत्कृष्ट : कोइम्यान

विराटनगर, २६ कात्तिक । बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोइम्यानले कप्तान लियोनल मेस्सी हुँदा क्लबको प्रदर्शन राम्रो भएको बताएका छन् ।

पछिल्लो अन्तर्वार्ताका क्रममा डच कोच कोइम्यानले मेस्सी नभएको बार्सिलोनाभन्दा उनी हुँदाको क्लब उत्कृष्ट भएको बताएका हुन् ।

मेस्सीले छोटो समयमै आफूलाई प्रभावित गरेको उल्लेख गर्दै कोइम्यानले उनीसहितको बार्सिलोना उत्कृष्ट क्लब भएको बताए । ‘मेस्सीले छोटो समयमै मलाई देखाइसकेका छन् कि उनी हरेक कुरा जित्न चाहन्छन्, उत्कृष्ट बन्न चाहन्छन्, क्लबसँगको विवादका बाबजुत पनि उनी काम गर्छन्’, उनले भने ।

‘उनीविनाको टोलीभन्दा उनी रहेको टोली उत्कृष्ट छ । जब म यहाँ आएको थिएँ, मलाई भनिएको थियो कि मेस्सी खुशी छैनन् । उनले दुःखी हुनुको कारण मलाई सुनाएका थिए । मैले उनलाई म परिवर्तन गर्न सक्छु भनेर बताएको थिएँ । उनी एक महत्त्वपूर्ण खेलाडी हुन्,’ उनले थपे ।