Rumpum Advertisement
Dazzu

मोरङका सीमा क्षेत्रमा अफिम खेती

मोरङका सीमा क्षेत्रमा अफिम खेती

विराटनगर, २६ कात्तिक । प्रहरी प्रशासनको आँखा छलेर मोरङका विभिन्न सीमावर्ती क्षेत्रमा लागुऔषध अफिमको उल्लेख्य मात्रामा व्यवसायिक खेतीभएकोपाइएको छ।

पथरीशनिश्चरे, सुनवर्षीमा लगाइएको अफिम खेती केहीअघि नष्ट गरिएको थियो र, पछिल्लो समय थोरै परिणाममा धेरै ठाउँमा खेती हुने गरेको पाइएको छ । ४ वर्षदेखि सीमान्त मोरङका धेरै ग्रामिण क्षेत्रमा व्यवसायिक रुपमा अफिम खेती हुने गरेको खुलासा भएको थियो।

यसको खेतीमा संलग्न रहेकालाई पक्राउ गरेर लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिमअफिम खेती अन्तर्गत आवश्यक अनुसन्धान तथा कारवाही गरिन्छ । पछिल्लो समय कोरोना महामारीले गर्दा पनि प्रहरीको पहुँच ग्रामीण क्षेत्रसम्म पुगेको छैन । भारतबाट खरिदकर्ताले मोटो रकम बुझाउने भएकाले पनि अफिम खेती हुने गरेको हो ।

प्रहरीले बेलाबेलामा गाँजाखेती फडानी गर्दै आएको छ । अफिम खेती भएको पुष्टि गर्दै एक उच्च प्रहरी अधिकृतले भने, केही गाउँका बारेमा हामीलाई गोप्य सूचना प्राप्त भएको छ र, हामी अध्ययन गरिरहेका छौं। यहाँ उत्पादन भएका अफिमको माग दिल्लीसम्म पुग्ने गरेको छ । बिहार र पश्चिमबंगालको चोर बाटो हुँदै खरिदकर्ता आफै आएर अफिमखरिद गर्ने गर्छन् । आजको न्यू सृष्टि दैनिकमा समाचार छ