Rumpum Advertisement

विश्वमा एकै दिन नौ हजारभन्दा बढी संक्रमितको मृत्यु

विश्वमा एकै दिन नौ हजारभन्दा बढी संक्रमितको मृत्यु

विराटनगर, २६ कात्तिक । विश्वमा कोरोना भाइरस संक्रमितको मृत्यु हुने दर पछिल्लो समय बढेर गएको छ । दैनिक संक्रमण बढेसँगै संक्रमितको ज्यान जाने क्रम पनि बढेर गएको हो ।

विश्वमा एकै दिन नौ हजार बढीको मृत्यु भएको छ । यो संख्या केही दिनयताको उच्च हो । पछिल्लो २४ घण्टाभित्र नौ हजार ४५ जनाको ज्यान गएसँगै विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ लाख ७८ हजार तीन सय ९४ पुगेको वाल्डो मिटरले जनाएको छ ।

एकै दिन पाँच लाख २९ हजार सात सय ८१ नयाँ बिरामी थपिएपछि विश्वमा संक्रमितको संख्या पाँच करोड १७ लाख ८४ हजार पाँच सय २१ पुगेको छ । संक्रमितमध्ये तीन करोड ६३ लाख ६० हजार एक सय ६० जनाको उपचार सफल भएको छ । एक करोड ४१ लाख ४५ हजार नौ सय ६७ जना उपचाररत रहेकोमा ९४ हजार पाँच सय ९८ जनाको अवस्था गम्भीर छ ।

विश्वमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा एकै दिन एक हजार दुई सय ९१ संक्रमितको मृत्यु भएको छ । अमेरिकामा ज्यान गुमाउने संक्रमितको संख्या दुई लाख ४५ हजार सात सय ४६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक लाख ३० हजार २५ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या एक करोड पाँच लाख ५३ हजार सात सय २० पुगेको छ । संक्रमितमध्ये ६५ लाख ९४ हजार ६६ जना उपचारपछि निको भएका छन् । ३७ लाख १३ हजार नौ सय आठ जना उपचाररत रहेकोमा १९ हजार ६३ जनाको अवस्था चिन्ताजनक छ ।

भारतमा एकै दिन पाँच सय ११ जनाको मृत्यु भएको छ । भारतमा ज्यान गुमाउने संक्रमितको संख्या एक लाख २७ हजार छ सय १५ पुगेको छ । ४४ हजार छ सय ७९ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ८६ लाख ३५ हजार सात सय ५४ पुगेको छ ।

संक्रमितमध्ये ८० लाख ११ हजार आठ सय ४४ जनाको उपचार सम्भव भएको छ । चार लाख ९६ हजार दुई सय ९५ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा नयाँ दुई सय चार संक्रमितको ज्यान गएसँगै मृत्यु हुनेको संख्या एक लाख ६२ हजार आठ सय ४२ पुगेको छ । एकै दिन २५ हजार पाँच सय १७ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ५७ लाख एक हजार दुई सय ८३ पुगेको छ ।

संक्रमितमध्ये पाँच लाख ६४ हजार तीन सय ४४ जनाको उपचार सफल भएको छ । चार लाख ७४ हजार ९७ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ