Rumpum Advertisement

कोरोना संक्रमणमुक्त भएपछि रवि लामिछानेले भने : सोचेझैं कोरोना रैन’छ

कोरोना संक्रमणमुक्त भएपछि रवि लामिछानेले भने : सोचेझैं कोरोना रैन’छ

विराटनगर, २५ कात्तिक । पत्रकार रवि लामिछाने र उनकी श्रीमती निकिता पाैडेल कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

मंगलबार आफूहरू दुवैको पीसीआर रिपोर्ट नेगेटिभ आएको सामाजिक सञ्जाल फेसबुकमार्फत रविले जानकारी दिएका छन् ।

फेसबुकमा रविले लेखेका छन्, ‘१४ दिनको कठिन आइसोलेशनबाट आज मुक्ति मिल्यो । केही बेरअघि मात्र हामी दुवैको पीसीआर रिपोर्ट नेगेटिभ आएको जानकारी प्राप्त भयो । सोचेझैँ कोरोना रैनछ ।’

१३ कात्तिकमा उनीहरूलाई कोरोना पुष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ