Rumpum Advertisement
Dazzu

रोनाल्डो प्रशिक्षणमा फर्किए

रोनाल्डो प्रशिक्षणमा फर्किए

विराटनगर, २५ कात्तिक । पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो प्रशिक्षणमा फर्किएका छन् । आइतबार बेलुका सिरी ‘ए’ अन्तर्गत लाजियोसँगको खेलका क्रममा घाइते भएका उनी राष्ट्रिय टोलीको प्रशिक्षणमा फर्किएका हुन् ।

साविकको विजेता युभेन्टस लाजियोसँग १–१ गोलको बराबरीमा रोकिँदा रोनाल्डो घाइते भएका थिए । खेलको ७६औं मिनेटमा रोनाल्डोले चोट बोक्दै मैदान छोडेका थिए । सो खेलमा चोट बोकेका रोनाल्डोले केही खेल गुमाउनसक्ने आँकलन गरिएको थियो ।

तर, ३५ वर्षीय रोनाल्डोले मंगलबार प्रशिक्षण गरेका छन् । रोनाल्डोले सामाजिक सञ्जालमार्फत प्रशिक्षणरत केही तस्बिर सार्वजनिक गर्दै राष्ट्रिय ड्युटीमा फर्किन पाउँदा खुशी लागेको बताएका छन् ।

यता, पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्टोसले पनि रोनाल्डोले बुधबार हुने खेल खेल्ने अपेक्षा गरेका छन् । बुधबार पोर्चुगलले मैत्रीपूर्ण खेलअन्तर्गत एन्डोरासँग खेल्दैछ ।

यस्तै १४ नोभेम्बरमा नेशन्स लिगअन्तर्गत पोर्चुगलले फ्रान्ससँग खेल्दैछ भने त्यसको तीन दिनपछि क्रोएशियासँग खेल्नेछ ।