Rumpum Advertisement

आईपीएल फाइनल : दिल्लीले मुम्बईलाई दियो १५७ रनको लक्ष्य

आईपीएल फाइनल : दिल्लीले मुम्बईलाई दियो १५७ रनको लक्ष्य

विराटनगर, २५ कात्तिक । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई १५७ रनको लक्ष्य दिएको छ ।

दुबई रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभर खेल्दा ७ विकेटको क्षतिमा १५६ रन बनायो ।

दिल्लीका लागि कप्तान श्रेयस ऐयर र रिषव पन्तले अर्धशतकीय इनिङ्स खेले । श्रेयसले अजिवित ६५ रन बनाउँदा रिषवले ५६ रन बनाए ।

यसैगरी शिखर धवनले १५ रन बनाउँदा सिम्रोन हेटमेयर ५ रनमा आउट भए । अक्षर पटेलले ९ रन बनाउँदा अजिन्क्या रहाने २ रनमै आउट भए । मार्कुस स्टोइनिस शून्य रनमै पेभिलियन फर्किए ।

मुम्बईका ट्रेन्ट बोल्टे ३ विकेट लिँदा नाथन कोल्टर–निलेले २ तथा जयन्त यादवले१ विकेट झारे ।

हालसम्म चार पटक आईपीएल च्याम्पियन बनिसकेको मुम्बई लगातार दोस्रो पटक आईपीएल उपाधि जित्न चाहन्छ भने दिल्ली आईपीएलको इतिहासमा पहिलोपल्ट उपाधि जित्ने दाउमा छ ।

१२ वर्षे आईपीएल यात्रामा फाइनल पुग्न नसकेको दिल्लीले जारी प्रतियोगिताको दोस्रो क्वालिफायरमा हैदराबादलाई पाखा लगाउँदै पहिलो पटक फाइनलमा पुग्ने सफलता प्राप्त गरेको हो ।