Rumpum Advertisement
Dazzu

स्वास्थ्य मन्त्री ढकालले भने – निःशुल्क परीक्षण र उपचार सरकारको दायित्व हो

स्वास्थ्य मन्त्री ढकालले भने – निःशुल्क परीक्षण र उपचार सरकारको दायित्व हो

काठमाडौं, २५ कात्तिक । सरकारले राज्यको जिम्मेवारी बहन गरी पुनः सरकारी अस्पताल र प्रयोगशालामा कोरोना भाइरस (कोभिड–१९)को परीक्षण र उपचार निःशुल्क गराउने भएको छ ।

मन्त्रिपरिषद् बैठक सोमबारको बैठकले सबैको पीसीआर परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।

सरकारले विगतमा पनि निःशुल्क गर्दै आएको र स्वास्थ्यसेवा विस्तार गरेको जनाउँदै जनतालाई सेवा दिन सरकार पछि नपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले स्पष्ट पारे ।

खर्च धान्न नसक्ने भएको जनाउँदै तिर्न सक्ने नागरिकसँग शुल्क लिने र विपन्नसँग शुल्क नलिने निर्णय भएकामा सर्वोच्च अदालतको आदेश र नागरिक क्षेत्रको सुझावपछि सरकारले नयाँ निर्णय गरेको हो ।