Rumpum Advertisement
Dazzu

अर्नब गोस्वामीको जमानत अस्वीकार

अर्नब गोस्वामीको जमानत अस्वीकार

विराटनगर, २५ कात्तिक । बम्बई हाई कोर्टले रिपब्लिक टिभीका संस्थापक एवं प्रधानसम्पादक अर्नब गोस्वामीलाई जमानत दिन अस्वीकार गरेको छ ।

अर्नबलाई रायगढ प्रहरीले आत्महत्याका लागि दुरुत्साहन गरेको भन्दै पक्राउ गरेको हो । हाल उनी १४ दिनको न्यायिक हिरासतमा छन् । हाई कोर्टले दिएको फैसलामा अर्नबले चाहे सत्र न्यायालयसँग जमानत माग्नसक्ने उल्लेख गरिएको छ ।

साथै, हाई कोर्टले सम्बन्धित न्यायालयलाई अर्नबको जमानतका लागि दिएको निवेदनमाथि चार दिनभित्रै निर्णय लिन समेग निर्देशन दिएको छ ।

अर्नबले हिरासतमा आफूमाथि प्रहरीले कुटपिट र दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।

मुम्बई प्रहरीले अर्नबसँगै फिरोज शेख र नितिश शारदालाई सन् २०१८ को ४ नोभेम्बरमा इन्टेरियर डिजाइनर अन्वय नाइक  र उनकी आमालाई आत्महत्याका लागि दुरुत्साहन गरेको भन्दै पक्राउ गरेको थियो ।

ती इन्टेरियर डिजाइनरले सुसाइट नोटमा अभियूक्तहरूले आफ्नो भूक्तानी नगरेपछि बाध्य भएर आफू र आमाले आत्महत्या गर्नुपरेको उल्लेख गरेका थिए ।