Rumpum Advertisement
Dazzu

ब्राजिलमा रोकियो कोभ्याक्सिनको अन्तिम परीक्षण, जोखिमलाई पुनः मूल्यांकन गरिने

ब्राजिलमा रोकियो कोभ्याक्सिनको अन्तिम परीक्षण, जोखिमलाई पुनः मूल्यांकन गरिने

विराटनगर, २५ कात्तिक । ब्राजिलमा चीनले निर्माण गरिएको कोभिड–१९ भ्याक्सिनको परीक्षण कार्यलाई स्थगन गरिएको छ । भ्याक्सिनका लागि तयार भएका स्वंमसेवकहरूमा खोप लगाइसकेपछि गम्भीर प्रकृतिको घटना देखिन थालेपछि यसलाई रोकिएको ब्राजिल स्वास्थ्य नियन्त्रण विभागले जानकारी गराएको छ ।

चिनियाँ औषधि निर्माता सिनोवाक बायोटेकले ब्राजिलियन बुटान्टन संस्थासँगको सहकार्यमा साओ पाउलोमा जुलाइवाट तेश्रो चरणको परीक्षण सुरु गरेको थियो । कुनैपनि निर्माण गरिएको भ्यासिनले स्वीकृति पाउनुअघि अन्तिम चरणको परीक्षण सफलतापूर्वक सम्पन्न गर्नुपर्ने हुन्छ । चीनद्वारा निर्मित कोरोनाभ्याक ब्राजिलमा १ लाख ३० हजार मानिसहरूको बीचमा परीक्षण गरिनुपर्ने थियो ।

विश्वमा धेरै खोपहरू निर्माण प्रक्रियामा छन् र चीनले बनाएको कोभिड १९ को भ्याक्सिनलाई प्रभावकारी र भरपर्दो मानिएको थियो । अन्तिमा चरणमा रहेको भ्याक्सिन परीक्षण एक्कासी रोकिँदा यस धेरै ठूलो झट्का दिन्छ । यसको कारणले भ्याक्सिन निर्माण दौडको अग्रपंतिमा रहेको देशलाई एक कदम पछि धकेलेको छ ।

अमेरिकी औषधि निर्माता फाइजरले सोमबार मात्र आफूले निर्माण गरेको भ्याक्सिन ९० प्रतिशत प्रभावकारी रहेको जानकारी दियो । ब्राजिलको राष्ट्रिय स्वास्थ्य नियन्त्रक एजेन्सीको बयानअनुसार अक्टोबर २९ मा रिपोर्ट गरिएको घटनाले आउने नतिजालाई ठीक मूल्यांकन गर्न र जोखिम आँकलन गर्नको लागि परीक्षण स्थगित गरिएको थियो ।

परीक्षण स्थगन भएसँगै अब नयाँ स्यंमसेवकहरूमा भ्याक्सिन परीक्षण गर्न सकिने छैन । प्रकाशित गरिएको पत्रमा त्यहाँ भएको घटना र यसले ल्याएको गम्भीरताबारे केही पनि खुलाइएको छैन । सिनोभ्याक सुरक्षित र भरपर्दो भएकोबारे मंगलबार मात्र जानकारी दिइएको थियो, तर विनाकारण अचानक परीक्षणलाई स्थगित गराइयो ।

‘हामीले ब्राजिलियन साझेदार संस्था बुटान्टन र यस संस्थाका प्रमुखसँग कुरा गरिसकेका छौंँ र हामी विश्वस्त छौं कि उक्त घटनासँग यस भ्याक्सिनको कुनै सम्बन्ध छैन । ब्राजिलमा चिकित्सकीय अनुसन्धानसँग सम्बन्धित कार्यहरू हामी आवश्यक मापदण्ड पु¥याएर निरन्तरता दिनेछौं,’ सिनोभ्याक बायोटेकले बताएको छ ।