Rumpum Advertisement
Dazzu

प्रदेश १ मा एकै दिन १७ जना कोरोना संक्रमितको मृत्यु

प्रदेश १ मा एकै दिन १७ जना कोरोना संक्रमितको मृत्यु

विराटनगर, २५ कात्तिक । प्रदेश १ मा एकै दिन १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका ६ जिल्लाका १७ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङका ५, झापाका ६, सुनसरीका २, उदयपुरका २ र धनकुटाका एकजनाको मृत्यु भएको छ । यो सँगै प्रदेशमा कोरोना संक्रमणका करण मृत्यु हुनेको संख्या २६२ पुगेको छ ।

मन्त्रालयका अनुसार मोरङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९४ पुगेको छ । जसमा २५ जना महिला र ६९ जना पुरुष छन् ।

सुनसरीमा ३३ महिला र ५२ पुरुष गरी ८५ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

झापामा ४६, उदयपुरमा ६, धनकुटामा ४, तेह्रथुममा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यस्तै ताप्लेजुङमा १, इलाममा २ जनाले कोरोना संक्रमणका करण ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार प्रदेशमा मृत्यु हुनेमध्ये २१ जना प्रदेश १ बाहिरका छन् ।

त्यस्तै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २२ हजार ५१३ पुगेको छ । जसमा १५ हजार ३१५ जना संक्रमणमुक्त भएका छन् । ६ हजार ९ सय ३६ जना सक्रिय संक्रमित छन् ।