Rumpum Advertisement
Dazzu

फोक्सो स्वस्थ राख्न यी तीन भिटामिन आवश्यक

फोक्सो स्वस्थ राख्न यी तीन भिटामिन आवश्यक

विराटनगर, २५ कात्तिक । तापक्रम घटेसँगै प्रायः वायु प्रदूषणको स्तरमा वृद्धि हुने गरेको देखिन्छ । स-साना धुलो कण श्वासप्रश्वास प्रणालीमा प्रवेश गरी अन्य धेरै फोक्सोसम्बन्धी चिन्ता निम्त्याउन सक्छ ।

तर, भाग्यवस केही भिटामिनको सेवनले मात्र पनि फोक्सोको स्वास्थ्यलाई बढावा दिन र क्षतिहरूलाई रोक्न सक्छ । जाडोमा यी भिटामिनहको सेवनले सास बढ्ने र जलन जस्ता समस्यालाई रोक्न सक्छ ।

जाडोमा फोक्सोको स्वास्थ्यको लागि चाहिने तीन भिटामिन यस्ता छन्ः

भिटामिन एः स्वास्थ्यको लागि चाहिने महत्त्वपूर्ण भिटामिनमध्ये फ्याट-घुलनशील भिटामिन ए महत्त्पूर्ण हो । भिटामिन एले प्रतिरोधक क्षमता बढाएर शरीरका कोषलाई पुन: निर्माण गर्न मद्दत गर्छ । त्यसैले भिटामिन एको सेवनले फोक्सोको टिशूको प्राकृतिक मर्मत प्रक्रिया गर्न सक्छ ।

अधिक भिटामिन एको सेवन गर्नु आवश्यक हुँदैन । एक फ्याट-घुलनशील भिटामिनको रूपमा भिटामिन ए शरीरमा लामो समयको लागि सुरक्षित हुन्छ र थोरै परिमाणमा आवश्यक हुन्छ । तर, लामो समयसम्म भिटामिन एको अधिक मात्राले कलेजो र हड्डीको समस्या निम्त्याउन सक्छ । दुग्धजन्य पदार्थ, माछा, गाँजर, ब्रोकोली भिटामिन ए का सामान्य स्रोत हुन् ।

भिटामिन सीः भिटामिन सीले शरीरलाई विभिन्न तरीकाले मद्दत गर्छ र फोक्सोलाई जीर्ण रोगबाट बचाउँछ । एक दिनमा यो भिटामिनको पर्याप्त सेवनले प्रतिरक्षा स्वास्थ्यलाई बढावा दिन र छालामा कोलेजेन गठन बढाउन सक्छ ।

धूम्रपान र प्रदूषणका कारण फोक्सोमा फ्रि रेडिकल र विषाक्त पदार्थको उपस्थितिले शरीरमा सूजन निम्त्याउन सक्छ । सिट्रिक फलहरूमा अवस्थित हुने भिटामिन सी फ्रि रेडिकल र विषालु पदार्थसँग लड्छ र शरीरलाई यी सम्भावित हानिकारक अणुबाट मुक्त गर्न मद्दत गर्छ ।

भिटामिन सीले शरीरलाई आफैं मर्मत गर्ने अवसर प्रदान गर्छ । भिटामिन सीले फोक्सोको कार्य सुधार गर्न सक्छ र श्वासप्रश्वाससम्बन्धी समस्याका लक्षणलाई घटाउन सक्छ । सिट्रस फल, खोर्सानी, अम्बक, किवी, ब्रोकोली, जामुन भिटामिन सीका सामान्य स्रोत हुन् ।

भिटामिन डीः दाँत र हड्डीका लागि मात्र नभएर भिटामिन डीले तपाईंलाई श्वासप्रश्वासको संक्रमणबाट पनि बचाउँछ र दीर्घकालीन सीओपीडी रोगको जोखिम कम गर्छ । एक अध्ययन अनुसार, भिटामिन डीको कम स्तरले घ्यार घ्यार हुने, ब्रोन्काइटिस, दम र अन्य श्वासप्रश्वाससम्बन्धी समस्याको जोखिम बढाउन सक्छ ।

यस पोषक तत्वको सेवन बढाउँदा फोक्सोको कार्य सुधार गर्न सकिन्छ । सूर्यको प्रकाश भिटामिन डीको प्रमुख स्रोत हो । साथै, टुना, साल्मन माछा,  अण्डाको पहेलो भाग पनि भिटामिन डीमा स्वाभाविक रूपमा उच्च हुन्छन् ।