Rumpum Advertisement
Dazzu

प्रदेश १ मा आज ५१६ संक्रमित निको भए, ३१५ जनामा कोरोना संक्रमण

प्रदेश १ मा आज ५१६ संक्रमित निको भए, ३१५ जनामा कोरोना संक्रमण

विराटनगर, २५ कात्तिक । प्रदेश १ मा मंगलबार ५१६ जना कोरोनाबाट निको भएका छन् । होम आइसोलेशनबाट ५१०, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४ र मेची अस्पतालबाट २ जना डिस्चार्ज भएका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ३१५ पुगेको छ ।

मन्त्रालयका अनुसार प्रदेशमा आज ३१५ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमण हुनेमा मोरङमा १००, झापामा ८३, सुनसरीमा ७९, उदयपुरमा १४, धनकुटामा १३, भोजपुरमा ३, ओखलढुङ्गा, संखुवासभा, तेह्रथुम र खोटाङमा २–२, इलाम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १३ जना रहेको छन् ।

मोरङको विराटनगरमा ६३, उर्लाबारीमा १२, बेलबारी र मिक्लाजुङमा ५–५, लेटाङमा ४, सुन्दरहरैंचामा ३, पथरीशनिश्चरे, कटहरी र कानेपोखरीमा २–२, ग्रामथान र बूढीगंगामा १–१ जनामा संक्रमण देखिएको छ ।

यस्तै झापाको दमकमा २७, बिर्तामोडमा १४, भद्रपुरमा १०, कमल गाउँपालिकामा ६, शिवसताक्षीमा ५, गौरीगञ्जमा ४, गौरादह र अर्जुनधारामा ३–३, कनकाई, हल्दिबारी र मेचीनगरमा २–२, बुद्धशान्ति र बाह्रदशीमा १–१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको इटहरीमा ३३, धरानमा ३१, इनरुवामा ६, रामधुनीमा ३, बराहक्षेत्रमा २, देवानगञ्ज र हरिनगर १–१ र स्थानीय तह नखुलेका २, उदयपुरको त्रियुगामा ११, स्थानीय तह नखुलेका ३, धनकुटाको धनकुटा नगरपालिकामा ९ र महालक्ष्मीमा ४, भोजपुरको हतुवागढी, रामप्रसाद राई गाउँपालिका र स्थानीय तह नखुलेका १–१, ओखलढुङ्गाको मानेभन्ज्याङ र मोलुङमा १–१, संखुवासभाको मकालु र खाँदबारीमा १–१, तेह्रथुमको म्याङलुङमा २, खोटाङको हलेसी तुवाचुङ र खोटेहाङमा १–१, इलामको माईनगरपालिका, पाँचथरको फिदिममा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २२ हजार ५१३ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार १७९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १२४ महिला र १९१ महिलाको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७३ हजार ६७४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।