Rumpum Advertisement
Dazzu

दर्शकले रुचाएनन् अक्षयको ‘लक्ष्मी’

दर्शकले रुचाएनन् अक्षयको ‘लक्ष्मी’

विराटनगर, २५ कात्तिक ।  बलिउड अभिनेता अक्षय कुमार र कियारा आडवाणीको फिल्म ‘लक्ष्मी’ लाई दर्शकले रुचाएनन् ।

९ नोभेम्बरबाट डिजिटल प्लेटफर्ममा फिल्म रिलिज भएको सो फिल्मलाई समीक्षक र दर्शकको प्रतिक्रियाका आधारमा दर्शकले नरुचाएको प्रष्ट भएको छ ।

कमेडी फिल्म भएपनि दर्शकलाई हसाउन नसकेको र कहानी पनि कमजोर भएको टिप्पणी भइरहेको छ ।

‘लक्ष्मी बम’ को नाम परिवर्तन गरिएर ‘लक्ष्मी’ राखिएको थियो । फिल्मको ट्रेलर सार्वजनिक भएको २४ घण्टाभित्र ‘लक्ष्मी’ भारतमा ७ करोड बढी भ्यूसहित सबैभन्दा धेरै हेरिएको फिल्मको ट्रेलर बन्न सफल भएको थियो ।

हरर कमेडीमा एक तेस्रो लिङ्गी व्यक्तिको भूमिका निर्वाह गरेका अक्षयको अभिनय र फिल्मको ट्रेलरलाई दर्शकले निकै रुचाइरहेका थिए ।

तर, फिल्म बजार विश्लेषक तरण आदर्शले फिल्मलाई निराशाजनक बताउँदै २ रेटिङ दिएका छन् । ‘लक्ष्मी’ हरर कमेडि तमिल ब्लकबस्टर फिल्म मुनी २: कंचनाको रिमेक हो ।

हिन्दी भर्सनको फिल्मलाई राघव लरेन्सले निर्देशन गरेका हुन् । फिल्ममा अक्षय र कियराका साथ तुषार कपूर, शरद केलकर, अश्विनी कलसेकरलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।