Rumpum Advertisement
Dazzu

बेकह्यामको नजर रामोसमाथि, अर्को वर्ष भित्र्याउने योजना

बेकह्यामको नजर रामोसमाथि, अर्को वर्ष भित्र्याउने योजना

विराटनगर, २५ कात्तिक । डेभिड बेकह्यामले आफ्नो क्लब इन्टर मियामीका लागि रियल मड्रिडका कप्तान सर्जियो रामोस अनुबन्ध गर्ने योजना बनाएका छन् ।

स्पेनिस मिडिया मुन्डो डिपोर्टिभोका अनुसार इंग्ल्याण्डका पूर्वखेलाडी बेकह्यामले स्पेनिस मिडफिल्डर रामोसलाई अर्को वर्षसम्ममा भित्र्याउने योजना बनाएका हुन् ।

बेकह्यामले यसअघि युभेन्टसबाट फरवार्ड गोन्जालो हिगुइन र मिडफिल्डर ब्लाइसे माटुइडी अनुबन्ध गरिसकेका छन् । अब उनले प्राथमिकतामा रामोस रहेको खबरमा जनाइएको छ ।

खबरका अनुसार बेकह्यामले ३४ वर्षीय रामोसलाई फ्रि ट्रान्सफरमा अनुबन्ध गर्ने योजना बनाएका छन् । रामोस र रियलबीचको सम्झौता २०२०–२१ को सिजनसँगै सकिँदैछ ।

यस्तैमा बेकह्यामले पूर्वसहकर्मी रामोलाई अनुबन्ध गर्ने योजना बनाएका हुन् । रियलका लागि ६५० खेल खेलेका रामोसले हालै १०० गोलको आँकडा पूरा गरेका थिए । उनी २००५ मा स्पेन आएका हुन् ।