Rumpum Advertisement
Dazzu

आज २२ जनाको कोरोनाबाट मृत्यु

आज २२ जनाको कोरोनाबाट मृत्यु

विराटनगर, २५ कात्तिक । नेपालमा मंगलबार थप २२ जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोनाबाट ज्यान गएको जनाएकाे छ ।

यससँगै मृत्यु हुनेको संख्या ११ सय ४८ पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या दुई लाख नजिक पुगेको छ । मंगलबार थप २७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक लाख ९९ हजार ७६० पुगेको हो ।

कुल संक्रमितमध्ये सक्रिय संक्रमतकाे संख्या ३८ हजार ३५ रहेकाे छ ।

मंगलबार थप ८५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या एक लाख ६० हजार ५७७ पुगेको छ ।