Rumpum Advertisement

नेपालमा संक्रमितको संख्या दुई लाख नजिक

नेपालमा संक्रमितको संख्या दुई लाख नजिक

विराटनगर, २५ कात्तिक । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या दुई लाख नजिक पुगेको छ ।

मंगलबार थप २७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक लाख ९९ हजार ७६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुल संक्रमितमध्ये सक्रिय संक्रमतकाे संख्या ३८ हजार ३५ रहेकाे छ ।

मंगलबार थप ८५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या एक लाख ६० हजार ५७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोनाबाट ज्यान गएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ सय ४८ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ