Rumpum Advertisement

सवारी दुर्घटना दुईको मृत्यु

सवारी दुर्घटना दुईको मृत्यु

सुनसरी, २५ कात्तिक । सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ करमखोला पुलमा आज बिहान सवा ८ बजे प्रदेश १–०२–०४० प ५२९६ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा घाइते भएका स्थानीय ५५ वर्षीय धनबहादुर कार्कीको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा मृत्यु भएको हो ।

ठक्कर दिने मोटरसाइकल इलाका प्रहरी कार्यालय चतराले नियन्त्रणमा लिएको छ भने घाइते मोटरसाइकल चालकको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार भइरहेको उक्त कार्यालयले जनाएको छ ।

यसैगरी सुनसरीकै हरिनगर गाउँपालिका–३ मा आज बिहान साढे ९ बजे को२त ९५८९ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टरका सहचालक रामधुनी–१ का मनोज श्रेष्ठको मृत्यु भएको छ ।

गौतमपुरमा निर्माणाधीन सडकका लागि पानी बोकेर जाँदै गरेको उक्त ट्रयाक्टर आफैं अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा घाइते भएका सहचालक श्रेष्ठको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ