Rumpum Advertisement
Dazzu

तौल घटाउनका लागि यी पाँच कार्ब

तौल घटाउनका लागि यी पाँच कार्ब

विराटनगर, २५ कात्तिक । तौल घटाउने निर्णय लिँदा डाइटबाट कार्ब्स हटाउने निर्णय पनि लिने गरिन्छ ।

विशेष गरी तौल घटाउनको लागि कार्बको सेवनमा कटौती गर्नुपर्ने हुन्छ । तर यी दावीहरू सत्य छैनन् । केही उच्च कार्ब्स खानाले समेत तौल घटाउन मद्दत गर्न । दिमागलाई शक्ति दिनको लागि, स्वस्थ फाइबर र सहज पाचनका लागि कार्ब्स चाहिन्छ । तौल घटाउने कोसिस गरिरहेकाले यी पाँच कार्बयुक्त खाद्यपदार्थलाई आहारमा समावेश गर्नुपर्छ ।

गहुँको रोटी : सम्पूर्ण गहुँको रोटी खाँदा तौल घटाउन र पेटको बोसो कम गर्न मद्दत मिल्छ । रोटीलाई अझ स्वस्थ बनाउनको लागि, रोटी सँगसँगै तरकारी पनि थप्न सकिन्छ ।

ब्राउन राइस अर्थात खैरो चामल : परिमाण जतिसुकै भए पनि ब्राउन राइसको सेवनले तौल बढाउने कुनै जोखिम हुँदैन । खैरो चामल फाइबरले भरिएको हुन्छ जसकारण यसलाई तौल घटाउनेहरूका लागि छनोट गर्ने गरिन्छ ।

ओट्स : ओट्स सम्पूर्ण अन्न हो । र ओट्सलाई आफ्नो मनपर्ने स्वादअनुसार गुलियो वा नुनिलो बनाउन सकिन्छ । तरकारी राखिएको ओट्स वा चिनी नभएको ओट्सको सेवन लाभदायक हुन्छ किनकि चिनीले तौल घटाउन मद्दत गर्दैन ।

स्याउ : स्याउ हाइड्रेटिङ र कार्बहरूको स्वस्थ स्रोत हुन् । स्याउमा ८६ प्रतिशत पानी हुन्छ, जसले शरीरलाई हाइड्रेट राख्न मद्दत गर्नुका साथै मेटाबोलिज्मलाई बढाउने गर्छ । स्याउ प्रिबायोटिक गुणले भरिएको हुने हुँदा यसको सेवनले पेटसम्बन्धी समस्याको उपचार हुन सक्छ ।

गुलियो आलु : शकरखण्ड भनिने गुलियो आलुले स्वस्थ तरिकाले तौल घटाउन खाइने आहारको एक हिस्सा हुन सक्छ । सेतो आलुको तुलनामा गुलियो आलुमा क्यालोरी र कार्बको मात्रा कम र फाइबरको मात्रा उच्च हुन्छ । गुलियो आलुमा पोषकतत्वसहित माइक्रोन्यूट्रिएन्ट्स पनि उच्च हुन्छ जसले निश्चित तौल घटाउनका लागि आवश्यक हुन्छ ।