Rumpum Advertisement
Dazzu

एन्जाइटी भएमा यी खाद्य पदार्थ र पेयबाट जोगिनु पर्छ

एन्जाइटी भएमा यी खाद्य पदार्थ र पेयबाट जोगिनु पर्छ

विराटनगर, २५ कात्तिक । अधिकांश मानिस तनाव र चिन्ताका क्षण अनुभव गरिरहेका हुन्छन् ।

हामीमध्ये धेरैले चिन्ता र एन्जाइटी निम्त्याउने तथा बढाउने कारकबारे सचेत छौं । तर, धेरैले अझै समस्या बढाउने विभिन्न खाद्यपदार्थ र पेयको भूमिकालाई कम महत्व दिने गर्छन् । केही खानेकुरा र पेयपदार्थले रगतमा चिनीको स्तरमा असर गरेर चिन्ता निम्त्याउन सक्छ । एन्जाइटी भएमा केही खाद्य पदार्थ र पेयबाट जोगिनु पर्छ ।

एन्जाइटी र रगतमा चिनीको स्तर केही सम्बन्धित हुन्छन् । त्यसकारण चिनीको मात्रा उच्च हुने खानाको सेवनले रगतमा चिनीको मात्रामा वृद्धि गर्न सक्छ, जसले मानिसलाई एन्जाइटी निम्त्याउँछ । केक, कुकिज, पेस्ट्री र अन्य जस्ता गुलियो खाद्यपदार्थ, गुलियो खाना वा गुलियो पेयपदार्थले रगतमा चिनीको मात्रा बढाउन सक्छ, जसकारण एन्जाइटी बढ्न सक्छ ।

धेरै फलफूलका रसमा पनि पर्याप्त चिनी हुन्छ तर, पर्याप्त फाइबर हुँदैन । कम फाइबरको आहारले प्रायः अपच हुन्छ र रगतमा चिनी बढेको परिणाममा एन्जाइटी बढ्ने हुन्छ । ताजा पल वा तरकारीको स्मुदी ऊर्जा र पोषणको एक महान स्रोत मानिन्छ । तर, कहिलेकाहीँ प्रोटिनको अभाव भएको फलफूल र तरकारीले रगतमा चिनीको स्तरलाई घटाउन सक्छ । यसले चिन्ता र डरको भावना विकास गर्ने सम्भावना बढाउन सक्छ ।

एक अध्ययनका अनुसार कफी, चिया तथा क्याफिन भएको पेयपदार्थ पिउने मानिसमा चिन्ताको मात्रा बढी हुन्छ । क्याफिनले स्नायु प्रणालीमा एडेनोसिन रिसेप्टर्स सक्रिय गर्छ, जसले मानिसमा उच्च स्तरको चिन्ता उत्पन्न हुन्छ । प्रशोधित खानाले सामान्यतया अपच र पेटमा जलन पैदा गर्छ, जसले थप एन्जाइटी निम्त्याउँछ । प्रशोधित खानामा फाइबरको मात्रा कम हुने कारणले, पेटमा अवरोध ल्याई शरीरको स्वस्थ कार्य रोक्न सक्छ ।

धेरै व्यक्ति रक्सीको सेवनपछि स्नायुलाई शान्त पार्न मद्दत गर्ने विश्वास गर्छन् । तर, यो वास्तविकतामा विपरित हुन्छ । रक्सीले रगतमा चिनीको स्तरमा असर पार्नुका साथै अनिद्राको समस्या पनि निम्त्याउन सक्छ । यसका साथै यसले डिहाइड्रेसन र गम्भीर ह्याङओभरमा परिणाम निम्त्याउन सक्छ, जसले इन्जाइटी र डिप्रेसनको भावनालाई बढावा दिन सक्छ ।