Rumpum Advertisement
Dazzu

‘फिट नभएको’ भन्दै बर्जविन्जलाई घर फर्काइयो

‘फिट नभएको’ भन्दै बर्जविन्जलाई घर फर्काइयो

विराटनगर, २५ कात्तिक । नेदरल्याण्ड्सका मिडफिल्डर स्टेभन बर्जविन्जलाई राष्ट्रिय टोलीबाट घर फर्काइएको छ । ‘पर्याप्त फिट नभएको’ भन्दै टोटनह्यामका बर्जविन्जलाई लण्डन फर्काएको हो ।

पछिल्लो साता टोटनह्यामका लागि खेलेका उनी नेशन्स लिग र त्यसअघि मैत्रीपूर्ण खेल खेल्दैछ । बुधबार राति हुने स्पेनसँगको मैत्रीपूर्ण खेलका लागि उनी टोलीमा परेका थिए । तर, पूर्ण रूपमा फिट नभएको भन्दै उनलाई टोलीबाट निकालिएको हो ।

डच फुटबल महासंघले सोमबार विज्ञप्ति निकाल्दै भनेको छ, ‘बर्जविन्ज डच राष्ट्रिय टोलीभन्दा बाहिर छन् । मेडिकल स्टाफले गरेको मेडिकल टेस्टमा उनी पर्याप्त फिट देखिएनन् । र, उनी टोटनह्याम फर्किएका छन् । प्रशिक्षक फ्रान्क डी बोयरले उनको स्थानमा अरु कसैलाई बोलाएका छैनन् । यसैले हाम्रो टिममा २४ खेलाडी समावेश छन् ।’

२३ वर्षीय बर्जविन्ज कोरोना भाइरस महामारीपछिको लकडाउनमा ह्याम्स्ट्रिङ इन्जुरीबाट मुक्त हुने प्रयासमा थिए । तथापि, उनले पछिल्लो साता टोटनह्यामका लाथि खेलेका थिए ।