Rumpum Advertisement
Dazzu

फोटोन मोटर्सको वातावरणमैत्री गाडी नेपालमा आउँदै

फोटोन मोटर्सको वातावरणमैत्री गाडी नेपालमा आउँदै

विराटनगर, २५ कात्तिक । फोटोन मोटर्सको वातावरणमैत्री नयाँ गाडी नेपालमा आउने भएको छ । नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्ल्यु, भिद्र्दी कमर्सियलले १५ सिट क्षमताको ‘भिउ सी २’ले नेपालमा ल्याउन लागेको हो ।

फोटनले विश्वभर कमर्सियल गाडीहरु बिक्री गर्दै आइरहेको छ । फोटन मोटर्सले नेपालमा पनि विभिन्न मोडलका गाडी बिक्री गरिरहेको छ । भियूसीयस २ एल १९ सिटरको सफल सुरुवातले भएकाले एमएडब्ल्यू भिद्र्दीले नयाँ गाडी ‘भिउ सी टु १५ सिटर’ २०२१ को सुरुवातमा भित्र्याउन लागेको हो ।

आकर्षक लुक्स र स्टाइलका कारण नेपाली बजारमा लोकप्रिय बन्दै गएको छ । फोटनले आफ्नो १५ सिटर गाडी सबैभन्दा बढी किफायती सुलभ र रामदायी रहेको जनाएको छ ।

यसको लागि फोटनले रिसर्च एन्ड डेभलभमेन्टमा समय बढी खर्चिएको बताइएको छ । फोटनका नयाँ गाडी वातावरणमैत्री रहेको बताइएको छ । गाडीले कार्बनडाइअक्साइड उत्सर्जन नगर्ने उत्पादकको दावी छ ।

विश्वभरिका ७० वैज्ञानिक फोटोनको टेक्नोलोजी सेन्टरमा कार्यरत छन् । जनशक्तिका कारण फोटोनले आफ्नो गाडीमा नयाँ टेक्नोलोजी थप गरिरहेको छ ।

व्यावसायिक सवारी सञ्चालन गर्न चहानेहरुका लागि फोटोनको १५ सिटर फाइदाजनक रहने बताइएको छ । फोटोनको नयाँ गाडीको मूल्य ४० देखि ५० लाखसम्म पर्ने बताइएको छ ।