Rumpum Advertisement
Dazzu

साढे पाँच किलो गाँजासहित विराटनगरबाट दुई महिला पक्राउ

साढे पाँच किलो गाँजासहित विराटनगरबाट दुई महिला पक्राउ

विराटनगर, २५ कात्तिक । साढे पाँच किलो गाँजासहित दुई महिला पक्राउ परेका छन् । मंगलबार दिउँसाे विराटनगर महानगरपालिका–४ कञ्चनबारी चाेकबाट गाँजासहित दुई महिला पक्राउ परेका हुन ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरबाट खटिएको विशेष टोलीले गाँजासहित धनकुटाको साँगुरीगढी गाउँपालिका–९ की ४० वर्षीया सीता राई र साँगुरीगढी–१ की २० वर्षीया वविता राईलाई पक्राउ गरेकाे प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी कवीन्द्र कार्कीले जानकारी दिए ।

महिलाले बाेकेकाे झाेलामा भेटिएकाे गाँजा

उनका अनुसार पक्राउ परेका महिलाहरु सुनसरीको पकलीमा बस्दै आएको थिए ।

पक्राउ परेकाहरुले बोकेको जेब्रा झोलामा पाँचवटा पोका बनाएर राखेको अवस्थामा पाँच किलो सात सय ग्राम गाँजा बरामद भएको हाे ।

दुवै जनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको प्रदेश प्रहरीले कार्यालयले जनाएकाे छ । उनीहरुले गाँजा कहाँसम्म लिएर गएका हुन् भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।