Rumpum Advertisement
Dazzu

पत्रकार खरेललाई पितृशोक

पत्रकार खरेललाई पितृशोक

विराटनगर, २५ कात्तिक । विराटनगरका पत्रकार शंकर खरेललाई पितृ शोक परेको छ । विराटनगरबाट प्रशासन हुने न्यू श्रृष्टि दैनिककको प्रकाशक तथा प्रधानसम्पादक खरेललाई पितृशोक परेको हो ।

खरेलका पिता ८९ वर्षीय युवराज शर्माको सोमबार राति मृत्यु भएको हो ।

विराटनगर महानगरपालिका–३ का वडा अध्यक्ष विनोद बस्नेतका अनुसार खरेल कोरोना संक्रमणमुक्त भइसकेका थिए ।

पीसीआर परीक्षण गराउँदा १७ दिनअघि कोरोना पुष्टि भएको थियो । त्यसपछि होम आइसोलेसनमै रहेर पुनः परीक्षण गराउँदा आइतबार रिपोर्ट नेगेटिभ आएको थियो ।