Rumpum Advertisement

जाडोमा हुने समस्याको रोकथाम नै कोभिडको जोखिमबाट बच्ने मुख्य तरिका

जाडोमा हुने समस्याको रोकथाम नै कोभिडको जोखिमबाट बच्ने मुख्य तरिका

विराटनगर, २५ कात्तिक । चीनमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखा पर्दा त्यहाँ जाडोको महिना थियो ।

तर, भाइरसले महामारीको रूप लिएपछि नेपालमा पहिलो पटक जाडोको महिना सुरु भएको छ । रुघाखोकी जस्ता समस्या धेरै देखा पर्ने जाडो मौसममा उस्तै लक्षण हुने कोरोना भाइरसको संक्रमण भएमा छुट्याउन कठिन हुने भएकाले स्वास्थ्य अधिकारी तथा विज्ञहले विभिन्न उपाय सुझाएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार मौसमी फ्लूबाट बच्न सकिने उपाय सहज भएकाले त्यसबाट जोगिन सकेमा कोभिडबाट पनि बच्न सकिने देखिन्छ । जाडो महिनामा देखिने सम्भावित समस्याको रोकथामका उपाय अनपाउनु नै जाडोमा कोरोना भाइरसको जोखिमबाट बच्ने मुख्य तरिका हो ।

कम्तिमा जोखिमयुक्त समूहमा रहेकाले फ्लूको खोप तथा दमका बिरामीलाई प्रत्येक तीन वर्षको अन्तरालमा दिइने निमोनियाविरुद्धको खोप लगाउनु हितकर हुन्छ । त्यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनले अन्य भाइरल संक्रमण जाडोको बेला नै बढी हुने गरेको बताउँछन् ।

कतिपय अध्ययनले कम तापक्रममा कोरोना भाइरस धेरै समय स्थीर रहने देखाएको उनको भनाइ छ । कुनै वस्तुको सतहमा लामो समय रहन सक्ने देखिनुले पनि संक्रमणको जोखिम जाडोमा बढी हुने हुँदा जाडोमा कोरोना भाइरसको संक्रमण पुनः बढ्न सक्ने जोखिम हुन्छ ।

नाकबाट पानी बग्ने, हाच्छिउँ आउने हुँदै मौसमी रुघाखोकी सुरु हुन्छ भने कोरोना भाइरस सुक्खा खोकीबाट सुरु हुन्छ । सामान्य रुघाखोकीका बेला ज्वरो खासै उच्च नहुने बताइन्छ । जाडोको मौसममा चिसोबाट बच्नका लागि झ्यालढोका थुनेर बस्ने यसअघिका अभ्यासको विकल्पका रूपमा कोठामा हावा आउजाउ हुने पूर्वाधार तयार पार्नुपर्ने विज्ञहरू जोड दिन्छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ