Rumpum Advertisement
Dazzu

तिहारमा यसरी बनाउनुहोस् मिठो अनरसा

तिहारमा यसरी बनाउनुहोस् मिठो अनरसा

विराटनगर, २५ कात्तिक । दसैँपछिको दोस्रो ठूलो चाड तिहार नजिकिएको छ ।

तिहार नजिकिँदै जाँदा घरघरमा गुलिया रोटीको परिकार पकाउन सुरु भइसकेको छ । तिहारको विशेष परिकार हो सेलरोटी र अनरसा । तिहारको समयमा बजारबाट अन्य परिकारका मिठाई किनेर ल्याए पनि सेलरोटी र अनरसा भने प्रायजसो घरमा नै बनाउने गरिन्छ ।

अनरसा धेरैजसो लक्ष्मीलाई प्रसादको रूपमा चढाइनुका साथै दिदीबहिनीले आफ्ना दाजुभाइलाई भागमा समेत हाल्ने गर्छन् ।

अनरसा बनाउन चाहिने सामग्री : अनरसा बनाउनका लागि चाहिने पठोका लागि आवश्यकताअनुसार चामल, घ्यु, चिनी, सेतो तिल र कराई या ताई चाहिन्छ ।

अनरसा बनाउने बिधि : चामललाई राम्ररी पखालेर रातभर भिजाउने, भोलिपल्ट चामलबाट पानी हटाउने र थोरै–थोरै गर्दै पिठो बनाउनु पर्छ । त्यसपछि चिनीलाई बाक्लो हुने गरी पकाउने । बाक्लो भएपछि त्यसमा पिठो मिसाएर घोट्ने । त्यसलाई २४ घन्टा त्यत्तिकै राख्ने । भोलिपल्ट फेरि नरम हुने गरी मुछ्ने । एउटा सुख्खा भाँडोमा तिल र सुख्खा चामको पिठो राख्ने ।

कराईमा घिउ हाली तताउने । नरम गरी मुछिएको पिठोलाई स–साना गोला बनाई हातले रोटीको आकार दिने र त्यसमाथि तिल हालेर घ्युमा खैरो नहुन्जेल पकाउने । हल्का रातो–रातो रङ देखिएपछि निकाल्ने । अब यो खान तयार भयो ।