Rumpum Advertisement
Dazzu

बिहार विधानसभा निर्वाचनको मतगणना : तेजस्वी र नितिश कुमारको दलबीच कडा प्रतिस्पर्धा

बिहार विधानसभा निर्वाचनको मतगणना : तेजस्वी र नितिश कुमारको दलबीच कडा प्रतिस्पर्धा

विराटनगर, २५ कात्तिक । बिहार विधानसभा निर्वाचणको मतगणना आजबाट सुरु भएको छ ।

मतगणनाको सुरुवाती चरणमा तेजस्वी यादवले नेतृत्व गरेको महागठबन्धन र मुख्यमन्त्री नितिश कुमारले नेतृत्व गरेको एनडीए गठबन्धनबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

दुई सय सिटको प्रारम्भिक मतपरिणाम सार्वजनिक हुँदा तेजस्वी यादव नेतृत्वको राष्ट्रिय जनता दल ५७, भारतीय जनता पार्टी ५४, जनता दल युनाइटेड ४२ र कांग्रेस १७ सिटमा अगाडि देखिएको छ ।

मतगणना सुरुवात भएसँगै बिहारका जनताहरुमा पूर्व सर्वेक्षणमा आएको नतिजाअनुसार नै महागठबन्धन नेतृत्व गरेका तेजस्वी यादवले जित हासिल गर्ने छन् वा नितिस कुमारको लामो अनुभवका कारणले पुन चौथो कार्यकालका लागि मुख्यमन्त्रिको रुपमा आउनेछन् भनी चासोको साथ हेरिएको छ ।

कोरोना महामारीका बीच बिहार विधानसभाका २४३ सिटका लागि तीन चरणमा मतदान भएको थियो । चुनावमा बहुमत प्राप्त गर्नका लागि कम्तिमा ११२ सिट जित्नुपर्छ ।