Rumpum Advertisement
Dazzu

लागूऔषधसहित तीन पक्राउ

लागूऔषधसहित तीन पक्राउ

झापा, २५ कात्तिक । झापाका दुई भिन्न स्थानबाट लागूऔषधसहित सोमबार तीनजना पक्राउ परेका छन् । दमक नगरपालिकाबाट दुई र मेचीनगर नगरपालिकाबाट एकजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

सोमबार राति करिब ८ः१५ बजे दमक–८ का २८ वर्षीय अंकित कार्कीको घरको कोठामा लुकाईछिपाई लागूऔषध राखेको छ भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा लुपिजेसिक ८३ एप्पुल, डाइजेपाम ८३ एम्पुल र फेनरागन ८३ एम्पुल बरामद गरेको थियो ।

लागूऔषध बरामद भएको कोठामा दमक–७ का २८ वर्षीय अमन लिङ्फेप लिम्बूसमेत रहेकाले उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारवाहीका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रनाउ थापाले बताए ।

यसैबीच, मेचीनगर नगरपालिका–६ काली मन्दिर छेउबाट नियन्त्रित लागूऔषध ब्राउनसगुरसहित एकजना पक्राउ परेका छन् । सीमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरी टोलीले सोमबार मेचीनगर–१४ का ३० वर्षीय कुमार विकलाई तीन ग्राम लागूऔषध ब्राउसुगरसहित पक्राउ गरेको हो । रासस