Rumpum Advertisement
Dazzu

सरकारीमा कोरोनाको परीक्षण र उपचार निःशुल्क

सरकारीमा कोरोनाको परीक्षण र उपचार निःशुल्क

विराटनगर, २५ कात्तिक । कोरोना भाइरस संक्रमितको उपचार र परीक्षणमा सरकारले आफ्नो निर्णय सच्याएको छ ।

पूर्व निर्णय सच्याएको सरकारले संक्रमितको उपचार र परीक्षण सरकारी अस्पतालमा निःशुल्क गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय सच्याएको हो ।

सरकारको यो निर्णयसँगै अब संक्रमितले सरकारी अस्पतालमा निःशुल्क सेवा पाउने छन् । अब सबै सरकारी प्रयोगशालामा कोरोनाको परीक्षण निःशुल्क हुनेछ भने सरकारी अस्पतालमा निःशुल्क उपचार हुने जानकारी एक मन्त्रीले दिए । सर्वोच्च अदालतले १५ असोजमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो । फैसला पुनरावेदनका लागि सरकारले दिएको निवेदन समेत खारेज भएपछि सरकारलाई निर्णय उच्याउन दबाब परेको थियो ।

तर मन्त्रिपरिषद् बैठक र त्यसपछि भएको निर्णयमा निजी अस्पताल् बारे केही पनि बोलिएको छैन । सरकारी अस्पतालमा निःशुल्क भनिए पनि निजी अस्पतालले कोरोना परीक्षण र उपचारका नाममा मच्चाएको ब्रह्मलुटका बारेमा कुनै निर्णय नहुनु आश्चर्यजनक भएको स्रोतले बतायो । बैठकले कोरोनाको भ्याक्सिन बन्नासाथ नेपालमा ल्याउने पहल गर्न अर्थ, परराष्ट र स्वास्थ्य सचिव रहेको कमिटीसमेत बनाउने निर्णय गरेको छ ।