Rumpum Advertisement
Dazzu

म विश्वकै उत्कृष्ट क्लबमा छु : पियानिक

म विश्वकै उत्कृष्ट क्लबमा छु : पियानिक

विराटनगर, २५ कात्तिक । यसै सिजन इटालियन क्लब युभेन्टसबाट बार्सिलोना आएका मिडफिल्डर मिरालेम पियानिकले आफू विश्वकै उत्कृष्ट क्लबमा रहेको बताएका छन् । हालै एक मिडियासँगको अन्तर्वार्तामा उनले बार्सिलोनाबाट खेल्न पाउँदाको खुशी अभिव्यक्त गर्दै यस्तो बताएका हुन् ।

३० वर्षीय पियानिक यसै समरमा युभेन्टसबाट ६० मिलियन युरोमा क्याप नोउ आएका हुन् । स्पेन आएयता उनले सुखद सुरुआत गरिसकेका छन् । बार्सिलोनाबाट ७ खेल खेल्दा उनले आफ्नो पूर्वक्लब युभेन्टसमाथि च्याम्पियन्स लिगमा जित निकालेका थिए ।

प्रशिक्षक रोनाल्ड कोइम्यानले उनलाइ प्रायः खेलमा सुरुवाती ११ मा राखेका छन् ।

‘म विश्वकै उत्कृष्ट क्लबमा छु र यहाँको खेल्ने शैली मलाई मन पर्छ । म सधैं यसरी नै खेल्न चाहन्थेँ । तर, म अहिलेसम्म सन्तुष्ट भएको छैन । म यहाँबाट ठूला उपाधि उचाल्न चाहन्छु,’ उनले भने ।

‘मलाई बायर्न म्युनिख वा इन्टर मिलान जाने मौका थियो तर म त्यता जान चाहिन । अब मैले बार्सिलोनाबाट खेलिरहेको छु र यो एउटा ठूलो चुनौती हो । मिडफिल्डमा फ्रेन्की डी योङसँग सहकार्य गरिरहेको छु,’ उनले थपे ।