Rumpum Advertisement

तीन करोड ६० लाख संक्रमित निको भए

तीन करोड ६० लाख संक्रमित निको भए

विराटनगर, २५ कात्तिक । विश्वमा कोरोना भाइरस संक्रमण पुष्टि भएकामध्ये तीन करोड ६० लाख बढी संक्रमित निको भएका छन् ।

पाँच करोड १२ लाख २४ हजार आठ सय ५० जनामा संक्रमण पुष्टि भएकोमा तीन करोड ६० लाख ३० हजार आठ सय ५४ जनाको उपचार सम्भव भएको हो । एक करोड ३९ लाख २५ हजार एक सय ३३ जना उपचाररत रहेका छन् । ती मध्ये ९३ हजार पाँच सय ४२ जनाको अवस्था गम्भीर छ ।

संक्रमितमध्ये १२ लाख ६८ हजार आठ सय ६३ जनाको मृत्यु भइसकेको छ । एकै दिन छ हजार सात सय २३ जनाको ज्यान गयो । पछिल्लो २४ घण्टामा चार लाख ७३ हजार तीन सय ७६ जना नयाँ संक्रमित थपिएका छन् ।

अमेरिकामा संक्रमण पुष्टि भएकामध्ये ६५ लाख ३७ हजार सात सय एक जनाको उपचार सफल भएको छ । हालसम्म एक करोड चार लाख १३ हजार छ सय १७ जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ३६ लाख ३१ हजार पाँच सय १० जना उपचाररत छन् ।

उपचार गराइरहेकामध्ये १८ हजार छ सय २८ जनाको अवस्था चिन्ताजनक छ । संक्रमितमध्ये दु ई लाख ४४ हजार चार सय छ जनाको मृत्यु भइसकेको छ । एकै दिन पाँच सय ९९ जनाको ज्यान गयो । पछिल्लो २४ घण्टामा एक लाख १७ हजार तीन सय ५० जना नयाँ बिरामी थपिए ।

भारतमा ८५ लाख ९१ हजार ७५ संक्रमितमध्ये ७९ लाख ५७ हजार दुई सय छ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु निको भएर डिस्चार्ज भएका छन् । पाँच लाख छ हजार सात सय ६५ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

संक्रमण पुष्टि भएकामध्ये एक लाख २७ हजार एक सय चार जनाको ज्यान गइसकेको छ । एकै दिन चार हजार ५१ जनाको मृत्यु भयो । पछिल्लो २४ घण्टामा ३७ हजार दुई सय ११ जनाको ज्यान गयो ।

ब्राजिलमा ५० लाख ६४ हजार तीन सय ४४ संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म ५६ लाख ७५ हजार सात सय ६६ जनामा संक्रमण देखिएको छ । ती मध्ये चार लाख ४८ हजार सात सय ८४ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा संक्रमितमध्ये एक लाख ६२ हजार छ सय ३८ जनाको मृत्यु भइसकेको छ । एक दिनमा ११ हजार छ सय ५१ जना नयाँ बिरामी थपिए । संक्रमितमध्ये दुई सय ४१ जनाको पछिल्लो २४ घण्टामा ज्यान गयो ।