Rumpum Advertisement
Dazzu

इंग्ल्याण्डका ब्याट्सम्यान भिन्सलाई कोरोना संक्रमण

इंग्ल्याण्डका ब्याट्सम्यान भिन्सलाई कोरोना संक्रमण

विराटनगर, २४ कात्तिक । इङ्ग्ल्याण्डका चर्चित ब्याट्सम्यान जेम्स भिन्सलाई कोरोना संक्रमण पुष्टि भएकाे छ । उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जनाएका छन् ।

उनलाई अहिले कुनै लक्षण नदेखिएको र चाँडै नै फेरि परीक्षण गर्ने तयारी भइरहेको छ । अहिलेलाई भने व्याट्सम्यान भिन्सलाई कम्तीमा दश दिन सेल्फ आइसोलेसनमा बस्नुपर्ने बाध्यता आइपरेको छ ।

सङ्क्रमण पुष्टि भएको दिनदेखि नै उनी सेल्फ आइसोलेसनमा बसेका छन् ।

सङ्क्रमित भएपछि आगामी पाकिस्तान सुपर लिग (पिएसएल) मा उनको सहभागीता हुने कि नहुने भन्ने बारेमा अनिश्चित भएको छ ।

प्रतिक्रिया

Comments are closed.