Rumpum Advertisement
Dazzu

बंगलादेशसँग ५० मेट्रिक टन मल किन्ने सरकारको निर्णय

बंगलादेशसँग ५० मेट्रिक टन मल किन्ने सरकारको निर्णय

काठमाडौं, २४ कात्तिक । सरकारले बंगलादेशसँग ५० मेट्रिक टन मल किन्ने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले बंगलादेशसँग ५० मेट्रिक टन मल किन्ने निर्णय गरेको हो ।

नेपाललाई ५० हजार मेट्रिक टन यूरिया मल पैंचो दिने समझदारीबाट बंगलादेश पछि हटेपछि सरकारले यस्तो निर्णय गरेको हो । गत भदौ १६ गते प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच भएको टेलिफोन वार्तामा भएको समझदारीबाट बंगलादेश पछि हटेको हो ।

टेलिफोन कुराकानीमा समकक्षी हसिनासँग ओलीले नेपालमा तत्काल युरिया मलको आपूर्तिका लागि अनुरोध गरेका थिए । उक्त अनुरोधलाई हसिनाले सकारात्मक रूपमा लिएको प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत जानकारी दिएका थिए ।

तर, सो समझदारीबाट बंगलादेश पछि हटेपछि बंगलादेशसँग मल किन्नुपर्ने अवस्था आएको हो । समयमा नआएकै कारण यसपटक किसानले धानका लागि आवश्यक मल पाएका थिएनन् । अब ल्याउन लागिएको मल भने गहुँका लागि हो ।