Rumpum Advertisement
Dazzu

फाती चार महिना मैदानबाहिर

फाती चार महिना मैदानबाहिर

विराटनगर, २४ कात्तिक । बार्सिलोनाका युवा स्टार अन्सु फाती चार महिना मैदानबाहिर रहने भएका छन् ।

सोमबार बार्सिलोनाले घुँडाको शल्यक्रिया गरिएका कारण स्पेनिस स्टार फाती चार महिना मैदानबाहिर रहने स्पष्ट पारेको छ ।

१८ वर्षीय फाती शनिबार राति रियल बेटिससँगको खेलका क्रममा घाइते भएका थिए । ला लिगाअन्तर्गत गए राति बार्सिलोनाले रियल बेटिसलाई ५–२ गोल अन्तरले पराजित गरेको थियो ।

बार्सिलोनाको मैदान क्याप नोउमा भएको सो खेलको ३१औं मिनेटमा फातीमाथि खराब ट्याकल भएको थियो । जसमा उनले चोट बोकेका थिए ।

घुँडामा चोट लागेका उनको आइतबार सफल शल्यक्रिया भएको थियो । जसकारण उनले चार महिना आराम गर्नुपर्ने बार्सिलोनाले जनाएको छ ।