Rumpum Advertisement
Dazzu

नोबेलका ९० विद्यार्थीलाई पीपीई

नोबेलका ९० विद्यार्थीलाई पीपीई

विराटनगर, २४ कात्तिक । नोबेल मेडिकल कलेजका प्रशिक्षार्थी डाक्टर (इन्टर्न) लाई पीपीईसहित स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरिएको छ । नेपाल मेडिकल स्टुडेन्ट सोसाइटीले कलेजमा एमबीबीएस अध्ययनका क्रममा इन्टर्नसिप गर्दै आएका ९० जनालाई सोसाईटीले पीपीई, मास्क, फेससिल्ड, सेनिटाइजरलगायत स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको हो ।

सोसाइटीले कलेजमा आयोजना गरेको कार्यक्रममा प्राचार्य डा. रामहरि घिमिरे, नेपाल मेडिकल एसोशिएसनका कोशी अञ्चल अध्यक्ष डा. फरवार्ड सिलवाल, सोसाइटीका कार्यक्रम व्यवस्थापक सवीन रेग्मीलगायतले सामाग्री हस्तान्तरण गरेका हुन् ।

सोसाईटीले हालसम्म काठमाडौं मेडिकल कलेज, गण्डकी मेडिकल कलेज लगायत ८ वटा कलेजमा कार्यरत करिब ६ सय इन्टर्नहरुलाई सामाग्री प्रदान गरिसकेको छ ।

ताइवानस्थित चुजी फाउण्डेशनको सहयोगमा सामाग्री प्रदान गर्दै आएको सोसाइटीले देशभरका १४ मेडिकल कलेजका करिब ९ सय इन्टर्नलाई सामाग्री प्रदान गर्ने जनाएको छ ।