Rumpum Advertisement
Dazzu

बजेटअनुसारको परिणाम देखिनुपर्छ : मन्त्री घिमिरे

बजेटअनुसारको परिणाम देखिनुपर्छ : मन्त्री घिमिरे

सुनसरी, २४ कात्तिक । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश सरकारले उल्लेखनीय बजेट दिएकाले परिणाम पनि सोही अनुसार देखिनुपर्ने बताएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा सोमबार भएको प्रदेशस्तरीय अस्पतालहरूको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठिमा प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरेले जिल्ला अस्पतालहरूलाई प्रदेश सरकारले उल्लेखनीय बजेट दिएकाले परिणाम पनि सोहीअनुसार देखिनुपर्ने बताए ।

प्रदेश १ ले चालु आर्थिक वर्षमा मात्र जिल्ला अस्पतालहरूलाई ७ करोड देखि ३५ करोडसम्म बजेट प्रदेश सरकारले उपलब्ध गराएको मन्त्री घिमिरेले बताए । पछिल्लो अढाई वर्षमा अस्पतालहरूले जनशक्ति, यन्त्र उपकरण र पूर्वाधारमा गरेको प्रगतिको समीक्षा हुन आवश्यक रहेको मन्त्री घिमिरेले जनाए ।

‘प्रदेश सरकार गठन पछिको अढाई वर्षकै समीक्षा आवश्यक छ,’ उनले भने । उनले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन पनि निर्देशन दिए । स्वास्थ्यकर्मीलाई घर घरमा गएर वीमा गर्न सुझाव उनले दिए ।

मन्त्री घिमिरेले भने, ‘घरदैलो गर्दै शतप्रतिशतको स्वास्थ्य बीमा गर्नुहोस् ।’ निजी अस्पतालले दिने सेवाभन्दा प्रभावकारी सेवा दिन मन्त्री घिमिरेको आग्रह छ ।

उनले प्रदेश सरकारले कोरोना संक्रमितको उपचारका लागि एचडियूसहितको ५ सय वेड विस्तारको तयारी गरिरहेको बताए ।