Rumpum Advertisement
Dazzu

सेल्टा भिगोका प्रशिक्षक ओस्कार गार्सिया बर्खास्त

सेल्टा भिगोका प्रशिक्षक ओस्कार गार्सिया बर्खास्त

विराटनगर, २४ कात्तिक । स्पेनिस क्लब सेल्टा भिगोले प्रशिक्षक ओस्कार गार्सियालाई बर्खास्त गरेको छ । निरन्तरको खस्कँदो प्रदर्शनपछि गार्सियालाई बर्खास्त गरिएको सेल्टाले सामाजिक सञ्जाल ट्वीटरमार्फत जनाएको छ ।

तीन महिना अगाडि मात्र दुई वर्षे सम्झौता गर्दै सेल्टामा प्रशिक्षकको जिम्मेवारी पाएका गार्सिया छोटो समयमै बर्खास्तीमा परेका हुन् ।

टोलीलाई रेलिगेशन जोनबाट माथि उकास्न नसकेको र नवप्रवेशी क्लब इल्चेसँग बराबरी अंक बाँड्न परेपछि उनी बर्खास्तीमा परेको जनाइएको छ ।

यससँगै उनी ला लिगाको २०२०–२१ को सिजनमा बर्खास्त हुने पहिलो प्रशिक्षक बनेका छन् । गार्सियालाई सोमबारको प्रशिक्षण थाल्नुअघि क्लबले बर्खास्त गरेको हो ।

हाल सेल्टा ला लिगाको अंक तालिकामा १७औं स्थानमा छ । उसले ९ खेलबाट ७ अंक जोडेको छ ।

प्रतिक्रिया

Comments are closed.