Rumpum Advertisement

बंगलादेशविरुद्ध नेपालको तयारी तीब्र

बंगलादेशविरुद्ध नेपालको तयारी तीब्र

काठमाडाैं, २४ कात्तिक । आगामी शुक्रबार हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशको ढाकामा तयारीलाई तिव्रता दिएको छ ।

दुई मैत्रीपूर्ण खेलका लागि गत बिहीबार बंगलादेशको ढाका पुगेको नेपालीले टोलीले केही दिनयता बंगलादेशमा रहेर फुटबलमा फर्किन लागेको हो ।

करिब नौ महिनापछि फर्किन लागेको फुटबल खेलअन्तर्गत नेपालले शुक्रबार पहिलो खेल खेल्न लागेको हो । त्यसका लागि खेलाडी निकै उत्साहित देखिएका छन् ।

काठमाडौंको एक साता अभ्यासपछि थप एक साता बंगलादेशमा अभ्यास गर्ने योजनासहित नेपालबाट उडेको टोलीले दोस्रो मैत्रीपूर्ण खेल भने तिहारको भोलिपल्ट अर्थात् मंसिर २ गते खेल्ने तालिका रहेको छ ।

खेलमा फर्किँदा उत्साहित भएका खेलाडीले मैत्रीपूर्ण खेलमा सुखद नतिजा ल्याउने लक्ष्यका साथ अभ्यासमा मेहनेत गरिरहेका हुन् ।

प्रशिक्षक बाल गोपाल महर्जनले पनि खेलाडीमा फिटनेस सुधार हुँदै गएको र बंगलादेशसँगको खेलमा राम्रो नतिजा ल्याउनमा आशावादी रहेको यसअघि बताइसकेका छन् ।

बंगलादेशको ढाकामा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आइतबार मैदानमा दुई घण्टा प्रशिक्षण गरेको थियो । नेपाली फुटबल टोली कोभिड-१९ संक्रमणको जोखिमका कारण बिहीबारदेखि ढाकामा होटेल क्वारेन्टाइनमा बसेको थियो ।

क्वारेन्टाइनमा रहेको टोलीको पीसीआर रिपोर्ट नेगेटिभ आएसँगै प्रशिक्षणका लागि मैदानका फर्किएको हो । बंगलादेशसँग कात्तिक २८ र मंसिर २ गते बंगबन्धु रंगशालामा हुने मैत्रीपूर्ण खेल नेपाली समयअनुसार दिउँसो ४ः४५ बजे हुने तालिका छ ।