Rumpum Advertisement
Dazzu

कोरोना जित्न मानसिक रूपमा स्वस्थ हुनुपर्छ : ऋचा शर्मा

कोरोना जित्न मानसिक रूपमा स्वस्थ हुनुपर्छ : ऋचा शर्मा

विराटनगर, २४ कात्तिक । तीन हप्ता अगाडि कोरोना संक्रमण पुष्टि भएकी अभिनेत्री ऋचा शर्मा कोरोनामुक्त भएकी छन् । सामाजिक फेसबुकमार्फत् उनले आफू कोरोनामुक्त भएको जनाएकी गराएकी हुन् ।

तीन दिन लगातार असह्य टाउको दुखेको, १०१.६ डिग्रीसम्मको ज्वरो, नाक बन्द हुने, गन्ध हराउने भएपछि पीसीआर परीक्षण गराउँदा उनलाई कोरोना संक्रमण देखिएको थियो ।

कोरोना पुष्टि भएपछि तीन हप्ता लामो होम आइसोलेशन बसेर कोरोनालाई जितेकी उनी अहिले पूर्ण रूपमा स्वस्थ भएकी छन् ।

ऋचाले आइसोलेशनको क्रममा कोरोनालाई जित्न आफूले गरेका अनुभव आफ्नो यूट्युब च्यानलमा सार्वजनिक गरेकी छन् ।

डब्लुएचओले सल्लाह दिएका सवै स्वास्थ्य सुरक्षाका प्रोटोकल अपनाउँदा अपनाउँदै आफूलाई कोरोना सरेको उनले बताएकी छन् । कोरोना जित्न मानसिक रूपमा तन्दुरुस्त हुन जरुरी रहेकाे उनकाे भनाइ छ ।

आइसोलेशनमा बसेपछि उनले हरेक दिन दुईपटक बाफ लिने, हट वाटर ब्यागमा तातो पानी हालेर छातीदेखि तल राख्ने, नुन पानीले दुई पटक कुल्ला गर्ने गरेको बताएकी छन् ।

कोरोना पुष्टि भएपछि चिकित्सकको सल्लाहअनुसार आफूले कोडोपार र १० एमजिको जिंक औषधि सेवन गरेको उनले बताइन् ।

आइसोलेशनको समयमा दिनको ३ पटक घरमै बनेको खाना खाएको र १९ दिनपछि मात्र गन्ध थाहा पाएको उनको भनाइ छ ।

दिमागलाई धेरैतिर डुलाउन नहुने, आफूलाई व्यस्त राख्न फिल्म तथा किताब पढ्ने, उच्च आत्मबल, श्वासप्रश्वासको व्यायामले कोरोना जितेको उनको अनुभव छ ।

साथै, उनले कोरोनालाई हल्का रूपमा नलिन र नआत्तिन सल्लाह दिएकी छन् ।