Rumpum Advertisement

विराटनगरमा ९६ सहित प्रदेशमा सोमबार ३६४ संक्रमित थपिए

विराटनगरमा ९६ सहित प्रदेशमा सोमबार ३६४ संक्रमित थपिए

विराटनगर, २४ कात्तिक । प्रदेश १ मा सोमबार ३६४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १६३, सुनसरीमा ८६, झापामा ६६, उदयपुरमा १३, धनकुटामा ५, पाँचथरमा ४, इलाममा ३, संखुवासभा, तेह्रथुम, भोजपुर र खोटाङमा २–२, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका १५ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार विराटनगरमा ४० महिला र ५६ पुरुष गरी ९६ जनामा संक्रमण देखिएको छ । यस्तै सुन्दरहरैचामा १८, उर्लाबारीमा १४, रतुवामाई, बेलबारी र बूढीगंगामा ५–५, रंगेली, कानेपोखरी र ग्रामथानमा ३–३, कटहरीमा २, सुनवर्षी, जहदा, पथरीशनिश्चरे, केराबारी र लेटाङमा १–१ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा ३४, इटहरीमा ३२, इनरुवामा १०, रामधुनीमा ३, बराहक्षेत्रमा २, हरिनगर, देवानगञ्ज, बर्जु, दुहवी र कोशी गाउँपालिकामा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसैगरी झापाको दमकमा २१, विर्तामोडमा १२, गौरादहमा ६, बुद्धशान्ति, मेचीनगर र कचनकवलमा ३–३, कनकाई र अर्जुनधारामा २–२, शिवसताक्षी, गौरीगञ्ज, हल्दिबारी, भद्रपुर र कमल गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

उदयपुरको त्रियुगामा ९, चौदण्डीगढीमा ३ र कटारीमा १, धनकुटाको धनकुटा नगरपालिकामा २, महालक्ष्मी, पाख्रीबास र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिममा ३ र मिक्लाजुङमा १, इलामको चुलाचुलीमा २ र सूर्योदयमा १, संखुवासभाको खाँदबारी र सिलिचोङमा १–१, तेह्रथुमको म्याङलुङ र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर र आमचोकमा १–१, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी र बराहपोखरीमा १–१, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २२ हजार १९८ पुगेको छ ।

प्रदेश १ मा आज ६२८ जना डिस्चार्ज भएका छन् । होम आइसोलेशनबाट ६१७, न्युरो अस्पतालबाट १० र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ८०१ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ५४४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १४४ महिला र २२० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

हालसम्म १ लाख ७२ हजार ४९५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।