Rumpum Advertisement
Dazzu

दुहबीबाट तास खेलिरहेका नौ जना पक्राउ

दुहबीबाट तास खेलिरहेका नौ जना पक्राउ

सुनसरी, २४ कात्तिक । सुनसरीको दुहबी नगरपालिका–३ बाट तास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार तास खेलिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले नौ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा दुहबी नगरपालिका–३ का ३४ वर्षीय अनिश सिंह, ४२ वर्षीय संसद मियाँ, ४६ वर्षीय मंगल शाह, ३६ वर्षीय टेकबहादुर गिरी, ३८ वर्षीय आलम अन्सारी, ३४ वर्षीय दीपक अकेला, ५२ वर्षीय मो.मोक्तार, ४५ वर्षीय हजरत मियाँ र ४४ वर्षीय सन्तोष बराल रहेका छन् ।

प्रहरीले ७७ हजार ७१० नगद र ३ बुङ ताससहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।