Rumpum Advertisement

आज १८ जनाले कोरोनाका ज्यान गुमाए

आज १८ जनाले कोरोनाका ज्यान गुमाए

विराटनगर, २४ कात्तिक । नेपालमा सोमबार थप १८ जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोनाबाट ज्यान गएको हो ।

यससँगै मृत्यु हुनेको संख्या ११ सय २६ पुगेको जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार १७७ जनाकाे परीक्षण गर्दा थप २५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या एक लाख ९७ हजार २४ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ रहेको छ ।

सोमबार थप १७ सय ९८ जना निको भएसँगै कोरोनाबाट मुक्त हुनेको संख्या एक लाख ५९ हजार ७२४ पुगेको छ । संक्रमितमध्ये ८१ प्रतिशतले कोरोना जितेकाे मन्त्रालयले जनाएको छ ।