Rumpum Advertisement
Dazzu

वीपीमा पथरीका संक्रमित पुरुषको मृत्यु

वीपीमा पथरीका संक्रमित पुरुषको मृत्यु

विराटनगर, २४ कात्तिक । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मोरङको पथरी शनिश्चरे नगरपालिका–१ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । उनलाई १३ कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो ।

स्वास्थ्य अवस्था खराब भएपछि उनलाई २३ कात्तिकमा वीपीमा भर्ना गरिएको थियो । उपचारका क्रममा सोमबार बिहान ९ः५ मा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आषिश श्रेष्ठले जानकारी दिए ।