Rumpum Advertisement

कोरोनामुक्त हुनेको संख्या एक लाख ६० हजार नजिक

कोरोनामुक्त हुनेको संख्या एक लाख ६० हजार नजिक

विराटनगर, २४ कात्तिक । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त हुनेको संख्या एक लाख ५९ हजार ७२४ पुगेको छ ।

सोमबार थप १७ सय ९८ जना निको भएसँगै कोरोनाबाट मुक्त हुनेको संख्या एक लाख ५९ हजार ७२४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये ८१ प्रतिशतले कोरोना जितेकाे मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार १७७ जनाकाे परीक्षण गर्दा थप २५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या एक लाख ९७ हजार २४ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ रहेको छ ।

आज थप १८ जनाको ज्यान गएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ सय २६ पुगेको छ ।