Rumpum Advertisement

मोरङमा १० हजार कटे संक्रमित, कुन जिल्लामा कति ?

मोरङमा १० हजार कटे संक्रमित, कुन जिल्लामा कति ?

विराटनगर, २४ कात्तिक । कोरोना महामारीबाट संक्रमित हुनेको संख्या मोरङमा १० हजार नागेको छ ।

मुख्यमन्त्रि तथा मन्त्रिपरिषद कार्यालयको तथ्याङ्कअनुसार मोरङमा कोभिड १९ बाट १० हजार २ सय संक्रमित भएका हुन् । संक्रमित हुनेमा महिला ३ हजार ७ सय ९४ रहेका छन् । मोरङमा ६ हजार ४ सय ६ जना पुरुष संक्रमित भएका छन् ।

प्रदेश १ मा सबैभन्दा बढी संक्रमित संख्या रहेको मोरङमा ६२ पुरुष र २५ महिला गरी ८७ जनाको मृत्यु भइसकेको छ ।

त्यसैगरी ७ हजार ९४ संक्रमित रहेको सुनसरी दोश्रो स्थानमा रहेको छ । सुनसरीमा ८३ जनाको मृत्यु भइसकेको छ । त्यस्तै हालसम्म ३८ जनाको मृत्यु भएको झापामा २ हजार ६ सय ९९ जना संक्रमित भइसकेका छन् ।

प्रदेश १ मा सबैभन्दा कम २१ जना संक्रमित जिल्ला सोलुखुम्बु हो । उक्त जिल्लमा हालसम्म संक्रमितको मृत्यु भएको छैन ।

ताप्लेजुङमा ३७ संक्रमित हुँदा एकजनाले ज्यान गुमाएका छन् । त्यसैगरी पाँचथरमा ५७ संक्रमित भए पनि कसैको मृत्यु भएको छैन । इलाममा २ सय २१ जना कोभिड १९ बाट संक्रमित हुँदा १ को मृत्यु भएको छ ।

धनकुटामा कात्तिक २३ सम्म ३ जनाले कोभिड १९ संक्रमणबाट ज्यान गुमाउँदा १ सय ३३ संक्रमित भएका छन् । दुईजनाको मृत्यु भएको तेह्रथुममा ८१ जना संक्रमित भइसकेका छन् । १ सय ८७ जना संक्रमित भएको संखुवासभामा कसैको मृत्यु भएको छैन ।

कसैको पनि मृत्यु नभएको खोटाङमा अहिलेसम्म ७० जना संक्रमित भइसकेका छन् । कोभिड १९ बाट ७३ जनाले ज्यान गुमाएको उदयपुरम हालसम्म ३ सय ७२ जना संक्रमित भइसकेका छन् । संक्रमणबाट कसैको मृत्यु नभएको भोजपुरमा ५९ जना संक्रमित पुष्टि भएको छ । ओखलढुंगामा ३९ जना संक्रमित भएका छन् ।

प्रदेश १ मा अन्य संक्रमितको संख्या ५ सय ८४ रहेकोमा २० जनाको मृत्यु भएको छ ।

प्रदेश १ मा कात्तिक २३ गतेसम्म २१ हजार ८ सय ३४ संक्रमित हुँदा २ सय ३९ जनाको मृत्यु भइसकेको छ । यस समयसम्म प्रदेश १ मा संक्रिय संक्रमित ७ हजार ४ सय २२ रहेका छन् ।