Rumpum Advertisement
Dazzu

किम्मिचको घुँडाको शल्यक्रिया, जनवरीसम्म मैदानबाहिर रहने

किम्मिचको घुँडाको शल्यक्रिया, जनवरीसम्म मैदानबाहिर रहने

विराटनगर, २४ कात्तिक । जर्मन क्लब बायर्न म्युनिखका मिडफिल्डर जोसुवा किम्मिचको घुँडाको शल्यक्रिया गरिएको छ ।

शनिबार बेलुका भएको बोरुसिया डर्टमुण्डसँगको खेलका क्रममा घाइते भएका किम्मिचको आइतबार घुँडाको शल्यक्रिया गरिएको हो ।

साविक विजेता बायर्नले डर्टमुण्डलाई ३–२ गोलले हराएको थियो । डर्टमुण्डको मैदानमा भएको सो खेलको ३६औं मिनेटमा किम्मिच इयर्लिङ ब्राउल्ट हालाण्डसँग ठोक्किएका थिए ।

चोट बोकेपश्चात उनी मैदानबाट बाहिरिएका थिए । अब दाहिने घुँडाको शल्यक्रिया गरेपछि उनले जनवरीसम्म मैदानबाहिर बस्नुपर्ने भएको छ ।

यससँगै किम्मिचले नेशन्स लिगअन्तर्गत यसै महिना हुने स्पेन र युक्रेनसँगको खेलसमेत गुमाउने भएका छन् ।